नयाँ लुस्क र डिजाईनमा छिटै आउदैछ जावा पेराक

-


     सफल आवाज    
     फागुन २० गते २०७७ मा प्रकाशित


काठमाडौं, २० फागुन । अग्नि मोटोइन्स प्रालिले भारतीय बजारमा लोकप्रिय रहेको जावा पेराक मोठरसाईकललाई नेपालमा भित्राउन लागेकाे छ । नयाँ लुस्क र डिजाईनमा रहेको उक्त मोटरसाईकल छिट्टै नेपालको बजारमा देख्न सकिने भएको हो । अग्नि ग्रुपले नेपालमा गएको कार्तिकदेखि जावा मोटर मोडरसाईकलको आधिकृत बिक्री वितरण कार्य आरम्भ गरेको थियो ।

जावा पेराकलाई विशेषतः युवाले धेरै रुचाएका छन् । कम्पनीले नेपालमा जावा भित्रिएको न्यून समयमै ग्राहकीबच पुग्न सकेको र सफलता हासिल गरेको बताएको छ । बजारमा देखिएका अन्य मोटरसाईकल भन्दा अलग्गै लुक्सको र पहिचान बनाएको जावा पेराक डार्क, व्ल्याक कलरमा रहेको छ । जसमा आधनुनिक एक सिट रहेको छ ।

सिंगल सिलिन्डर एफआई इन्जिनको जावा पेराकमा बीएस ६ प्रविधिको आधारमा तयार भएको छ । जसको ३३४ सीसी इन्जिन, लिक्वीड सिस्टम रहेको छ । यसमा ६ स्पीड गिएर बक्स छ भने प्रति घन्टा १४० को स्पीडमा कुद्ने क्षमता राख्दछ ।

१४ लिटरको इन्धन क्षमता रहेको जावा पेराकले प्रतिलिटर ३४ किलोमिटरको माईलेज दिन्छ । यसका दुबै पाङ्ग्रामा डिक्सब्रेक रहेको छ । नेपाली बजारमा छिट्टै आउने भनिएको जावा पेराकको प्राम्भिक मूल्य ७ लाख देखि ८ लाखसम्मको पर्ने जनाईएको छ ।