सिप्रदीले ल्यायो टाटा मोटर्सका फरएभर रेन्जका प्रविधियुक्त नयाँ गाडीहरु

-



     सफल आवाज    
     फागुन २७ गते २०७७ मा प्रकाशित



काठमाडौ, २७ फागुन । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले फरएभर रेन्जका पाँच मोडलका नयाँ गाडीहरु काठमाडौंमा सार्वजनिक गरेको जनाएको छ । यी गाडीहरु टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ–बि एस सिक्स प्रविधियुक्त रहेका छन् । यो संगै टाटा कम्पनी उक्त ईन्जिन प्रविधि भएका पाँच मोडलका गाडीहरु एकसाथ सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ ।

गाडीहरुको बनावट एकदमै सुन्दर रहेको छ । टाटाको इम्प्याक्ट २.० डिजाईन अनुसार तयार पारिएको कम्पनीले जनाएको छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले अग्रस्थानमा रहेको बताईएको छ ।

मोटर्स इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स) मायकं बाल्डीले भने, टाटा मोटर्सका विविध रेन्जका गाडीहरु नेपाली ग्राहकले निरन्तर रुपमा अत्यन्त रुचाएका छन् । टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ । ‘डिजाईन, सुरक्षा र आरामदायी’ टाटा गाडी निर्माणका मुख्य तीन आधारहरु हुन्, बाल्डीले भने ।

इम्प्याक्ट २.० डिजाईनमा निर्मित बि.एस सिक्स रेन्जका गाडीहरुमा पनि डिजाईन, सुरक्षा र आरामको लागि उच्चस्तरिय विशेषताहरु रहेका छन् । यी गाडीहरुले ग्राहकको मन जित्न सफल हुने विश्वास हामीले लिएका छौं । बाल्डीले भने, टाटा नेक्सन ग्लोबल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी हो । टाटा अल्ट्रोजले हृयाचब्याक सेग्मेन्टमा ग्लोबल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । टाटा टियागो र टिगोर दुबैले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, हामी नेपालमा एक प्रतिष्ठित ब्राण्ड भएको हँुदा ग्राहकका लागि विश्वस्तरीय उत्पादन ल्याउन सदैव प्रयासरत रहेका छौं । विगत लामो समयदेखि ग्राहकवर्गमा उत्कृष्ट गाडीहरु मार्फत सुविधा प्रदान गर्न पाउँदा टाटा मोटर्ससंग कम्पनीको सहकार्य फलदायी भएको छ । अत्याधुनिक प्रविधिको साथमा डिजाईन गरिएको न्यु फरेवर रेन्जले टाटा मोटर्सको अति रुचाईएको गाडीहरुको नयाँ रुप दर्शाउनुका साथै उत्कृष्ट ड्राईभिङ्ग विविधता र आराम दिएको उनले बताए । नेपालमा विश्वास गरिएको ब्राण्ड भएकोले ग्राहक माझ फरेवर रेन्ज सफल हुने विश्वास लिएको श्रेष्ठले बताए ।

१.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिन भएको नयाँ टाटा टियागो म्यानुअल र एटिएम अप्सन सहित एटभान्स डुअल सस्पेन्सन सिस्टममा उपलब्ध रहेको छ । सुरक्षित र आरामदायी तथा आकर्षक ९स्पोर्टी० डिजनइनका साथै एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटी सुविधाहरु रहेको छ । यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य रु २८ लाख रहेको छ ।

यसैगरी, टाटा टिगोर पनि १.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिनमा निर्मित उत्कृष्ट गाडी हो । यसमा उच्च सुरक्षा, आरामदायी र उन्नत किसिमको ईन्फोटेन्मेन्ट सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध छ । यसको सुरुवाती मूल्य ३२ लाख ५० हजार रहेको छ ।

यसैगरी, टाटा नेक्सन पनि १.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिनमा निर्माण गरिएको छ । यसमा १२० पि एस पावर, इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका बिशिष्ट बिशेषताहरु रहेका छन् । यसमा भएको मजबूत प्ल्याटफर्म जस्तोसुकै अवस्थाको बाटोको लागि पनि उपयुक्त रहेको छ । स्टेट अफ द आर्ट प्रविधियुक्त गाडी सुरक्षित र आरामदायी छ ।

टाटा नेक्सन नेक्सन ६ वटा रङ्गहरुमा डुअल टोन विकल्प सहित उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रहेको छ । टाटा अल्ट्रोज पनि १.२ लिटर बि एस सिक्स पेट्रोल ईन्जिनमा अल्फा वास्तुकलामा निर्माण गरिएको छ । जो अत्यन्तै मजवुत रहेको छ । टाटा अल्ट्रोज यस सेग्मेन्टको सुरक्षित गाडी हो जसले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो गाडी एक्स एम प्लस भेरिएन्टमा उपलब्ध छ भने यसको मुल्य ३५ लाख ५० हजार रहेको छ ।

एच फाईभको पछिल्लो संस्करण नेक्स्ट जेनेरेशन क्रायोटिक १७० बि एस सिक्स डिजल ईन्जिन, १७० पि एस पावर, ३५० एन एम टर्क र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । यस गाडीमा अल्फा वाास्तुकला, ल्यान्डरोभर लेजेन्डरी डी ८ लेटफर्म, एसयुभिको उत्कृष्ट डिजाईन र सुरक्षाको संयोजन रहेको छ । यसका रोमाञ्चक बिशेषताहरु पानोरोमिक सनरुफ र ६ वटा तरिकाले समायोजन गर्न सकिने ड्राईभर सिट लगाएत रहेका छन् । यो गाडी पाँचवटा फरक फरक रङ्गहरुमा उपलब्ध छ । यसको सुरुवाती मूल्य ८४ लाख ९९ हजार रहेको छ ।