गण्डकी र धौलागिरी क्षेत्रमा लायन्सको फेलोशिप कार्यक्रम सम्पन्न

- आगामी जुलाई १ बाट डिष्ट्रिक्टको नेतृत्व विशेश्वर आचार्यले गर्ने

-


     सफल आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित


पोखरा,२९ फागुन । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आगामी लायन वर्ष २०२१ /२०२२ को नेतृत्व गर्न तयार लायन लिडरहरुको गण्डकी र धौलागिरी क्षेत्रमा मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रम सम्पन्न भएको छ । लायन्स अन्तराष्ट्रियकाे आइडी इन्डोर्सिका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्य, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन महेन्द्र पौडेल र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन मणिश्री रत्न बज्राचार्यले गण्डकी र धौलागिरी क्षेत्रका क्लवहरुका बीच आ–आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। कार्यक्रममा सबै उम्मेदवारले शतप्रतिशत एस भोटको अपिल गरेका थिए ।

पोखरा, स्याङजा र तनहुँ क्षेत्रका करिब ८०० लायन्सहरुको उपस्थितिमा शुक्रबार पोखरामा सम्पन्न संयुक्त फेलोशिप कार्यक्रममा डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्यले शतप्रतिशत एस भोटको अपिल गर्दै आफुले नेतृत्व लिएपछि आगामी लायन वर्षमा गर्ने कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

आगामी लायन वर्ष २०२१ /२०२२ मा ‘सर्भिस फर अ स्माइल‘ थिममा रहेर वर्षभरी दिगो विकासमा आधारित कार्यहरू गर्ने आचार्यले बताए । उद्यमशीलताको विकास गर्दै विभिन्न १० जिल्लाका गाँउलाई लायन्स उद्यमी गाँउका रुपमा विकास गरिने र वर्षभरी नै लायन्सका सबै कार्यक्रम त्यही क्षेत्रमा लक्षित गरिने योजना रहेको डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्यले सफल आवाजलाई बताए । याे संगै लायन्सले गर्ने सेवाका अन्य कार्यहरूलाई निरन्तरता दिइने बताइएकाे छ ।

प्रथम भाइस गभर्नरका उम्मेदवार लायन महेन्द्र पौडेल र द्धितीय भाइस गभर्नरका उम्मेदवार लायन मणिश्री रत्न बज्राचार्यले डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्यले ल्याएका कार्यक्रमलाई सफल बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

आइडी इन्डोर्सिका उम्मेद्वार लायन बालकृष्ण बुर्लाकोटीले आफुले लायन्स अन्तराष्ट्रियको नेतृत्व गरेपछि धेरै प्रोजेक्टहरु नेपाल भित्राउने योजना रहेको सफल आवाजलाई बताए ।

पाेखरामा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा लायन लिडरसंग पाेखरेली लायन्सहरू

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर लायन मनबहादुर रोक्का, लायन्स म्यागेजिनका चिफ एडिटर लायन धनराज आचार्य, लायन लिडरहरु, लायन गिरधारी शर्मा, लायन गौतममान श्रेष्ठ, लायन ध्रुब थापा, लायन अशोक श्रेष्ठ, लायन भूगोल शेरचन, लायन राजेन्द्र बाटाजु लगायतले सबै उम्मेदवारलाई आफ्नो साथ र समर्थन रहेको बताउँदै सफलताको कामना गरेका थिए ।

डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्यसंग लायन्सहरू

लायन्स क्लब अफ पोखरा सेन्ट्रलका अध्यक्ष लायन बबिन बग्दासको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन लायन्स क्लब अफ काठमाडाै साझा फूलबारीका अध्यक्ष हरिचन्द्र तिवारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट जिएमटि को–अर्डिनेटर लायन दुर्गाप्रसाद हुमागाईले गरेका थिए ।

पाेखरामा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा सहभागी लायन्सहरू

यो पटक डिष्ट्रिक्टमा सबै एकल उम्मेदवार मात्र भएकाले आगामी चैत्र १४ गते पोखरामा हुने डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नबौ महाधिवेसनबाट डिष्ट्रिक्ट गभर्नर तथा भाइस गभर्नरहरु निर्बिरोध चयन हुनेछन् । याे एैतिहासिक नबौ महाधिवेसनमा सहभागी हुन कन्भेनर लायन शिवराज आचार्यले सबै लायन्सलाई आग्रह समेत गरेका छन् ।

पाेखरामा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा सहभागी लायन्सहरू

यसैगरी बुधबार र बिहीबार गोरखा, आबुखैरेनी, धौलागिरीको म्याग्दीे, बागलुङ, पर्वत क्षेत्रका क्लबहरु बिच पनि मिट, ग्रिट एण्ड फेलोशिप कार्यक्रम सम्पन्न भएको थियो । शनिबार तनहुँ र धादिङ क्षेत्रका क्लबहरु बिचमा समेत फेलोशिप कार्यक्रम गरिएको थियो ।

गाेर्खामा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा सहभागी हुदैं उम्मेदवार लायन लिडरहरू

सो फेलोशिप कार्यक्रममा आइडी इन्डोर्सिका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन विशेश्वर आचार्य, प्रथम भाइस गभर्नरका उम्मेदवार लायन महेन्द्र पौडेल, द्धितिय भाइस गभर्नरका उम्मेदवार लायन मणिश्री रत्न बज्राचार्यले शतप्रतिशत एस भोटको अपिल सहित सहयोगको आह्वान गरेका थिए ।

यसअघि गत महिना काठमाडौं क्षेत्रका क्लबहरु बिचमा पनि संयुक्त फेलोशिप कार्यक्रम सम्पन्न भइसकेको छ ।

आबुखैरेनीमा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा सहभागी हुदैं उम्मेदवारहरू
बेनीमा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा सहभागी हुदैं उम्मेदवारहरू
बेनीमा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा सहभागीहरू
बेनीकाे मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा
बागलुङमा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा सहभागी हुदैं उम्मेदवारहरू
बागलुङमा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा सहभागी लायन्सहरू
पर्वतमा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा सहभागी हुदैं
दमाैलीमा आयाेजित मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रममा सहभागी हुदैं उम्मेदवारहरू