सार्वजनिक भयो केटीएमको नयाँ मोटरसाइकल

-



     सफल आवाज    
     चैत्र ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ चैत । साढे ७ लाख मूल्य राखिएको केटीएमको नयाँ माेटरसाइकल बजारमा आएको छ । मोटरसाईकल ब्राण्ड केटीएमको केटीएम २५० एड्भेन्चर सार्वजनिक भएको हो । नेपालमा सार्वजनिक गरिएको केटीएम २५० एडभेन्चर देशका विभिन्न स्थानमा रहेका केटीएम शोरुमबाट बुकिङ खुल्ला गरिएको बताईएको छ ।

नेपालमा यो मोटरसाइकलको माग वढ्दो रहेको अवस्थामा केटीएम २५० एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई बिस्तार गरिएको हो । यसमा २४८ सीसीको डीओएचसी फोर भल्भ सिंगल सिलिण्डर लिक्विड कूल्ड इन्जिन रहेको छ ।

यसमा राखिएको बीएस६ प्रणालीको कारण अफ रोडमा जाँदाखेरि पनि आरामदायी यात्रा गर्न सकिन्छ । ड्यासबोर्डमा राखिएको स्वीच बटनबाटै अफ रोड मोडमा लैजान सकिने र यात्रालाई सहज बनाउन मद्यत पुग्ने विशेषता रहेकाे छ । साथै १४.५ लिटर इन्धन क्षमता रहेकोले छोटो तथा लामो दूरीको यात्रालाई झन सहज बनाउन मद्यत पुग्ने विश्वास गरिएको छ ।