अब नेपालमै बन्ने भए बजाज मोटरसाइकलका पार्टपूर्जा

-


     सफल आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित


काठमाडौं, १० चैत । हंशराज हुलास प्रालिले अब देशमै बजाज मोटरसाइकलका पार्टपूर्जाको उत्पादन गर्ने भएको छ । अब छिट्टै दक्ष प्राविधिकहरु ल्याएर बजाज मोटरसाइकलका पार्टपूर्जा उतपादनको तयारी गर्न लागेको बताईएको छ ।

नेपालको ठूलो व्यावसायीक घराना गोल्छा ग्रुप न्तर्गत रहेको हंशराज हुलास प्रालिले नेपालमै बजाज मोटरसाइकलका पार्टपूर्जा बनाउने गृहकार्यमा लागेपछि यसलाई निकै महत्वकासाथ हेरिएको छ । गोल्छा ग्रुपले नेपालमा अहिले बजाज मोटरसाइकलको एसेम्बल गर्दै आएको छ ।

कम्पनीका अनुसार हाल बाहिरबाट पार्टपूर्जा ल्याएर एसेम्बल गर्ने काम भईरहेको छ । तर नेपालमै पार्टपूर्जा पनि उत्पादन गर्ने भएकोले मूल्यमा केहि परिवर्तन हुने र कम पर्ने अपेक्षा गरिएको छ ।

गोल्छा ग्रपले बजाजका सबै किसिमका मोटरसाइकल नेपालमै उत्पादन गर्दै आएकोमा यसका पार्टपूर्जा पनि यहीं उत्पादन भएपछि बजाजका पारखि ग्राहकले प्रचलित मूल्यभन्दा सस्तोमा पाउने कम्पनीले जनाएको छ ।