डिएफएसके ग्लोरी आई-अटो सार्वजनिक, कति छ मूल्य ?

-


     सफल आवाज    
     चैत्र ११ गते २०७७ मा प्रकाशित


काठमाडौं, ११ चैत । कुजु नेपाल प्रालिले डिएफएसके तेश्रो मोडलको ग्लोरी आई-अटो आज सार्वजनिक गरेको छ । डिएफएसकेको आधिकारीक बिक्रेता कुजु नेपालले सार्वजनिक गरेको तेश्रो मोडलको ग्लोरी आई अटोको मूल्य ८९ लाख ५० हजार रहेको छ ।

यसअघि ग्लोरी सिरीजका ५६० तथा ५८० एसयूभी गाडी बिक्री हुँदै आएका थिए । पछिल्लो यो थप भएको तेश्रो मोडलको ग्लोरी आई-अटो हो ।

डिएफएसके गाडीमा सात सिट रहेका छन् । यो आई अटो इन्टेलीजेन्ट एसयूभी भएको बताईएको छ । गाडीमा आईटक नामक एस भ्वाइस कमाण्ड रहनु यसको मुख्य गुण हो । कुजु प्रालिले यसमा भएको आईटकको सहयोगबाट फोन, कारको नियन्त्रण, भ्वाईस नेभिगेसन, मिडिया तथा कनेक्टिभिटि लगायतका काम गर्न सकिन्छ ।

चालकको सहजताका लागि क्रुज कन्ट्रोल, अटो एसी, तापमान नियन्त्रण, इन्फोटेन्टमेन्ट सिस्टम तथा सिक्सवे एडजष्टेवल ड्राईभर सिट रहेको छ ।