
काठमाडौं, १४ चैत । हस्कभर्ना मोटरसाइकल नेपाली बजारमा आएको केहि समयमै एक सय युनिट बढी बिक्री भएको छ ।
दशैंमा सार्वजनिक गरिएको हस्कभर्नाप्रति ग्राहकको रुचि बढेको आधिकारीक बिक्रेता हंशराज हुलास प्राइभेट लिमिटेडले जनाएको छ । अहिले स्भार्टपिलेन २५० तथा भिटपिलेन २५० गोल्छा समूह अन्तर्गत रहेको केटिएम सोरुमबाट बिक्री हुँदै आएको छ ।

हस्कभर्ना एक सय बढी युनिट बिक्री भएपछि यसको मूल्यमा पनि बृद्धि भएको छ । स्भार्टपिलेन २५० र भिटपिलेन २५० को मूल्य बढाईएको हो । पछिल्लो सार्वजनिक गरिएको मूल्य २० हजार थपेर ५ लाख ८९ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।