नयाँ वर्ष लक्षित गर्दै बेनेलीले सार्वजनिक गर्यो पावरफुल बाइक ‘७५२ एस’

-


     सफल आवाज    
     चैत्र २८ गते २०७७ मा प्रकाशित


काठमाडौं, २८ चैत । बेनेली मोटरसाइकल नेपालको बजारमा निकै लोकप्रिय भएको छ । त्यसैले पनि होला नयाँ वर्ष २०७८ लाई लक्षित गरेर मोटरसाइकलका पारखिको लागि नयाँ मोटरसाइकल सार्वजनिक भएको छ ।

इन्ट्री लेवल कार भन्दा शक्तिशाली इन्जिन भएको नयाँ डिजाइनको मोटरसाइकल ‘७५२ एस’ लाई नेपाली बजारमा बिक्रीमा ल्याईएको हो ।नेपालको बजारमा यसको मूल्य २५ लाख १५ हजार रुपैयाँ रहेको छ ।

आधिकारीक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेली ‘७५२ एस’ लाई नेपाली मोटरसाइकल राइडरहरुबीच सार्वजनिक गरेको हो । बेनेली मोटरसाइकल कम्पनी इटालियन कम्पनी बेनेलीको मिडसाइज नेकेड माोटरसाइकल ७५२ एसमा ७५० सीसीका दुई सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसले ८५०० आरपीएमा ७६ हर्षपावर जेनेरेट गर्छ ।