आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजाबाबुलाई स्कूटर

-


     सफल आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित


पोखरा, १३ वैशाख । आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजाबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ ।

सहारा क्लब पोखराको आयोजनामा भएको १९ औं संस्करणको आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी उनलाई सोमबार अप्रिला स्कूटर हस्तान्तरण गरिएको हो । उपाधि विजेता टोली संकटाका गोलरक्षक समेत रहेका राजाबावुलाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कूटर हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा क्लबका अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, प्रथम उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको उपस्थिति थियो । साे स्कूटर अप्रिला स्ट्रोम १२५ को बजार मूल्य २ लाख ४६ हजार ९ सय पर्छ । कम्पनीले स्कुटरमा लाग्ने कर छुट समेत गरी हस्तान्तरण गरेको जनाएको छ । 

पोखरा रंगशालामा  गत चैत २१ देखि २८ सम्म सम्पन्न प्रतियोगितामा संकटाले उपाधि जित्दा पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, क्यामरुन उपविजेतामा सीमित भएको थियो ।