कोराेनाका बिरामीलाई निःशुल्क सेवा दिन थापाले दिए जेसिजलाई फोर्स जिप

-


     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित


पोखरा, ५ जेठ । हिमालय अर्गनाइजेसन तथा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष युवा व्यवसायी ध्रुव थापाले फोर्स माेटर्सकाे अर्काे १ थान जिप पोखरा जेसिजलाई हस्तान्तरण गरेका छन । युवा व्यवसायी थापाले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको उपस्थितिमा पोखरा जेसिजका अध्यक्ष किरण केसीलाई बुधबार एम्बुलेन्स प्रयाेगका लागी उक्त जिप हस्तान्तरण गरेका थिए ।

काेभिडका बिरामीलाई निःशुल्क हस्पिटलसम्म पुर्याउन एम्बुलेन्सकाे रूपमा प्रयाेग गर्न याे जिप प्रदान गरिएकाे थापाले बताए। जिप प्राप्त गरेपछि पोखरा जेसिजले कोरोना महामारीको समयभर बिरामीलाई हस्पिटलसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । थापाले फोर्स जिपबाट प्रदान हुने निशुल्क एम्बुलेन्स सेवाबाट काेराेनाका बिरामीहरू लाभान्वित हुने अपेक्षा गरेकाे बताए ।

हिमालय अर्गनाइजेसनका थापाले यसअघी नेपाली काँग्रेस कास्कीलाई २ वटा जिप एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिइसकेका छन भने लेखनाथमा बन्दै गरेकाे १०० बेडकाे लायन्स कोभिड हस्पिटलका लागि पनि १ थान जिप सहयोग गर्ने घोषणा गरेका छन ।

थापा २०७२ सालकाे विनासकारी भूकम्प गएकाे वर्ष लायन्स ३२५ बि १ को डिस्ट्रिक्ट गभर्नर थिए । त्यसबेला पनि उनले करिब १ करोड मूल्य बराबरका फोर्स मोटर्सका ३ वटा अत्याधुनिक एम्बुलेन्स गण्डकी, धौलागिरी र बागमती क्षेत्रमा संचालन गर्ने गरी निशुल्क सहयोग गरेका थिए । जुन एम्बुलेन्सहरूले अहिलेसम्म पनि निरन्तर सेवा पुर्‍याइरहेका छन् ।

थापाले नेतृत्व गरेकाे हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि फोर्स माेटर्सकाे नेपालकाे लागि आधिकारिक बिक्रेता हाे।