पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको १६औं वार्षिकोत्सवमा कास्की प्रहरीलाई सहयाेग

-


     सफल आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित


पोखरा , ११ जेठ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनकाे १६औं वार्षिकोत्सव आज सम्पन्न् भएकाे छ । वार्षिकोत्सवको अवसरमा संस्थाले बिभिन्न सामाजिक उत्तरदायित्व बहनका कार्य गरेको छ ।

१६औं वार्षिकोत्सवका अवसरमा एसोसिएसनले आज जिल्ला प्रहरी कार्यालय कास्कीलाइ पोखराकाे प्रवेशद्वार कोत्रे चेकपाेष्टमा प्रयाेग गर्नेगरी १ थान टेन्ट हस्तान्तरण गरेको छ । कास्कीका प्रमुख , एसपी जीवनकुमार श्रेष्ठलाई पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले टेन्ट सेट हस्तान्तरण गरेका थिए ।

त्यस्तै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय परिसरमा ट्राफिक प्रहरीको लागि आवश्यक आइसोलेसनको निम्ति २ थान टेन्ट ट्राफिक कार्यालय गण्डकी प्रदेश प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाललाई संस्थाले हस्तान्तरण गरेको एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले सफल आवाजलाई बताएका छन ।