हाइब्रिड कारको अन्तःशुल्क घट्याे

-


     सफल आवाज    
     जेठ १७ गते २०७८ मा प्रकाशित


काठमाडौं, १७ जेठ । अब प्लगइन हाब्रिड र हाइब्रिड गाडीमा एउटा अन्तःशुल्क कम लाग्ने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९ को बजेटमा हाइब्रिड कारको अन्तःशुल्क घटाएको छ ।

पहिले प्लगइन हाइब्रिड र हाइब्रिड कारमा फरक फरक अन्तःशुल्क लगाउँदै आएको थियो । तर अहिले आएको बजेटबाट दुबै प्रकारका गाडीमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था मिलाईएको छ । यसअघि गाडीमा ६० प्रतिशत अन्तःशुल्क लिने गरिएको थियो ।