अशोक लेलैण्डका ९ वटा दमकल प्रदेश २ को कानून मन्त्रालयलाई हस्तान्तरण

-


     सफल आवाज    
     जेठ १७ गते २०७८ मा प्रकाशित


काठमाडौं, १७ जेठ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रबर्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालय लाई ९ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं.२ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालय लाई हस्तान्तरण गरिएको बताएको छ ।

मन्त्रालयका पदाधिकारीहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गरेका हुन । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने वताए। कुसवाहाले चालू आ.ब.को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए ।


अशोक लेलैण्ड को १६१६ आई एल मोडलको च्यासिसमा बनाईएको दमकलमा जापानिज “शीबौरा कम्पनीको” पम्प प्रयोग गरिएको छ । जसले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकल जस्तै काम गर्न सकिने जनाएको छ । यस दमकलमा ५५०० लिटर पानी अट्ने क्षमता रहेको छ । दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ, । जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुनबाट रोक्न सकिन्छ ।


कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरण मैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको जानकारी दिएको छ ।