क्यानडामा बसेका नेपालीले पठाए ७५ अक्सिजन कन्सन्ट्रेटर

-


     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित


तस्बिर सौजन्य : भानुभक्त आचार्य

काठमाडौं, २३ जेठ । क्यानडामा बसेका नेपालीले ७५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएका छन्।

नेपालमा अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भएको थाहा भएपछि क्यानाडामा रहेका नेपालीहरुले रकम संकलन गरेर ७५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएका हुन्।

क्यानाडाबाट पठाइएको स्वास्थ्य सामग्री आइतबार बिहान नेपाल आइपुगेको हो।

अक्सिजन अभावमा नेपालमा धेरै संक्रमितको मृत्यु भएको खबर थाहा पाएपछि विभिन्न देशमा रहेका नेपालीले रकम संकलन गरेर स्वास्थ्य सामग्री पठाउँदै आएका छन्।