बलिवुड अभिनेता दिलीप कुमार अस्पताल भर्ना

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



बलिवुड अभिनेता दिलीप कुमारको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अस्पताल लगिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि दिलीप कुमारलाई बिहान साढे ८ बजेतिर मुम्बईको हिन्जुजा अस्पताल पुर्याइएको उनका परिवारले बताएका छन् ।

परिवारका अनुसार दिलीपलाई सास फेर्न कठिन भएपछि अस्पताल लगिएको हो । तर अहिले उनको स्वास्थ्यमा सुधार भइसकेको छ ।

दिलीपको उमेर धेरै भएकाले कुनै खतरा लिन नचाहेको परिवारले बताएको छ ।