प्रवासीले पठाए स्वास्थ्य सामग्री

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ जेठ : रोजगारीको लागि विभिन्न देश पुगेका ओखलढुङ्गाका नागरिकले विभिन्न स्वास्थ्य सामग्री पठाएका छन्।

उनीहरुले रकम संकलन गरेर किनेको आइसियु बेड र अक्सिजन सिलिन्डर जिल्ला पठाएका हुन्।

प्रवासीले जुटाएको रकमबाट खरिद गरिएको ४० थान अक्सिजन सिलिण्डर गाउँपालिका तथा नगरपालिकामा हस्तान्तरण भएको छ।

यस्तै चार स्थानीय तहले अक्सिजन सिलिण्डर गाउँपालिका केन्द्र लगेका उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताए।

उनले सबै तहका अस्पतालमा अक्सिजन सिलिण्डर जडान गर्ने बताए।

बेलायतमा कार्यरत पूर्व नेपाल प्रहरीका डिएसपी शिवजी श्रेष्ठको संयोजकत्वमा रहेको कोभिड-१९ विरुद्ध ओखलढुंगेली विश्व सञ्जालले सामुदायिक अस्पताल सोब्रु र ओखलढुंगा जिल्ला अस्पतालमा २/२ थान आइसियु बेड पठाएको छ।

यस्तै ८ वटै स्थानीय तहमा ५ थानका दरले अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ।