देशभर एकैसाथ महिन्द्रा मनसुन सर्भिस क्याम्प, ग्राहकलाई आकर्षक उपहार

-



     सफल आवाज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित



काठमाडाैं, १३ साउन । बालाजु अटोवर्क्स प्रालिले साउनको १४ र १५ गते देशव्यापी एकसाथ महिन्द्रा मनसुन सर्भिस क्याम्प गर्न लागेको बताएको छ ।

महिन्द्रा ब्राण्डका चारपाङ्ग्रे गाडीहरुको नेपालका लागि अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटोवर्क्सले सबै गाडीहरुको ३० पोइन्टको जाँचलाई प्राथमिकतामा राखेको र यस मनसुन सर्भिस क्याम्पमा सहभागि हुनेहरुको लागि आकर्षक उपहारको व्यवस्था गरिएको जनाईएको छ ।

यो ग्राहकको सेवालाई लक्षित गरिएको सर्भिस क्याम्प हो । गाडीहरुको ३० पोइन्ट जाँचबाट अवश्याको बारेमा जानकारी हासिल गर्न सकिने छ ।

कम्पनीले दुई दिने मनसुन सर्भिस क्याम्प देशैभरी वर्क्ससपबा एकसाथ शुरु हुने भएकोले गाडीको सर्भिसको लागि बुकिङ गरेर फाईदा उठाउन आग्रह गरेको छ ।

कम्पनीले सर्भिस गर्नका लागि पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१ ००२०० नेपाल टेलिकम प्रयोगकर्ताका लागि र ९८०१५ ७१२१२ एनसेल प्रयोगकर्ताका लागि छुट्याइएको छ ।