युवा वर्ष मोति पुरस्कार घाेषणा

-


     सफल आवाज    
     भाद्र १५ गते २०७८ मा प्रकाशित


काठमाडौं, १५ भदौ । नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुराएवापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय प्रकाश पौडेल र हेम अधिकारीलाई अर्पण गरिने भएको छ ।

राष्ट्रिय युवा सेवा कोषद्वारा राष्ट्रिय विभूति मोतिराम भट्टका सम्झनामा स्थापित सो पुरस्कारको राशि ५० हजार र स्वर्णपदक रहेको छ । कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेले पुरस्कार भदौ २२ गते वितरण गरिने जानकारी दिए।

गत वर्ष कोभिड–१९ का कारण रोकिएको उक्त पुरस्कार सोही दिन वितरण गरिने उनले बताए। गत वर्ष साहित्यकारद्वय महेश पौड्याल र मीनकुमार श्रेष्ठलाई दिने निर्णय भएकाे थियाे ।