एमएडब्लु इन्टरप्राईजेज र गोल्छा समूहले दुई मोटरसाईकल नेपालमा ल्याउँदै

-



     सफल आवाज    
     मंसिर १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ मंसिर । अब छिट्टै नेपालमा मोटरसाईकल पारखिका लागि नयाँ मोटर ल्याउन लागिएको छ । दुई अटोमोबाईल कम्पनीले नेपाली बजारमा ति मोटरसाईकल ल्याउने तयारी गरेका छन् ।

यामाहा मोटरसाईकलको आधिकारी बितरक एमएडब्लु इन्टरप्राईजेज र बजाज मोटरसाईकलको आधिकारिक वितरक गोल्छा समूहले एफजेट एक्स १५० र बजाज पल्सर २५० सेग्मेन्टका मोटरसाईकल ल्याउने भएका हुन् । यी मोटरसाईकल भारतीय बजारमा केही समय अगाडी सार्वजनिक गरिएको थियो ।

यामाहा एफजेट १५०

यामाहा एफजेट एक्स १५० एक्स भी ३ मा आधारित डिजाईनमा रहेको छ । यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ । एलइडी हेड ल्याम्प, ब्लुटुथ कनेक्टिभिटी, मोनोशक सस्पेन्स, डिस्क ब्रेक लगायतका फिचर रहेका छन् । नेपालमा यसको मूल्य साढे तीन लाख बढी हुनेछ ।

पल्सर २५०

बजाजको पल्सर २५० मोटरसाईकल पनि नेपालमा ल्याईदैछ । यसमा २४९.०७ सीसी सिंगल सिलिण्डर, फोर टू स्ट्रक इन्जिन रहेको छ । यो एफआई प्रविधिमा आधारित रहेको छ । जसमा ५ स्पिड गिएर बक्स रहेको छ । यसको नेपाली बजार मूल्य साढे ४ लाख बढी हुनेछ । गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले ४ महिनाभित्र पल्सर २५० नेपालमा आउने बताएका छन् ।