के छ ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमाकाे आकर्षण ?

-



     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । नेपाल लाइफ इन्स्योरेन्सको “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना प्रकाशमा आएको छ ।

समयको माग अनुसार, ग्राहकको इच्छा र विभिन्न क्षेत्रबाट आएका सल्लाह सुझावहरुलाई मध्येनजर गर्दै कम्पनीले नयाँ बीमा योजना “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजनालाई सार्वजनिक गरेको हो ।

कम्पनीको यो मुनाफामुखि जीवन बीमा हो । विशेषतः जोखिमयुक्त क्षेत्रमा काम गर्नेहरुको लागि यो यो जना ल्याईएको कम्पनीले जनाएको छ । विकास निर्माणका काम पनि भईरहेका छन् तर भौगोलिक हिसाबले दैनिक जीवनयापनमा कठिनाई भएको देखिन्छ । विभिन्न विकास निर्माणका परियोजनाहरु संचालन भईरहेका छन् ।

परियोजनाका कामसंगै जोखिम पनि बढी नै भएकोले निर्माणका क्षेत्र, स्वास्थ्य, उद्योग तथा कलकारखानालगायतका क्षेत्रका कर्मचारी र कामदारहरुका लागि बीमा योजना लक्षित गरिएको छ । कम्पनीका अनुसार उल्लेखित क्षेत्रहरुको सर्वेक्षण्पछि “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा सार्वजनिक गरिएको हो ।

कम्पनीले बीमितहरुको दुर्घटनाबाट मृत्यु भएको खण्डमा बीमांक रकमको तेब्बर र त्यसको आर्जन हुने बोनस बीमितले ईच्छाएको व्यक्तिले पाउने आकर्षण रहेको जनाएको छ ।

यस नयाँ बीमा योजनामा १८ देखि ६० वर्ष उमेर मसूहका व्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन् । यसका लागि ५ देखि ३० वर्षसम्मको बीमा गराउन सकिने छ ।