
काठमाडौं, २२ मंसिर । बुधबार सेयर बजारमा ठूलो अंकले गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५३.१० अंकले घटेर दुई हजार ४५५.८० अंकमा झरेको हो ।
ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ९.३४ अंकले घटेर ४६४.८० अंकमा झरेको छ । आज दिनभर भएका ४२ हजार ९४६ कारोबारबाट २२६ कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता सेयर दुई अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँमा किनबेच भए ।
आज स्टाण्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत्, नेपाल एसबीआई बैंक लगायतको सेयर मूल्य भने बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरुले भने धेरै गुमाएका छन् ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै उपसमूहहरुमा रताम्ये देखिएको छ । व्यापार, विकास बैंक, जलविद्युत र वित्त समूहका लगानीकर्ताले धेरै गुमाएको नेप्सेले जनाएको छ ।








पोखरा, ५ मंसिर । नेस्ट पोखराको कार्यक्रमले पोखरा महानगरपालिका वडा नम्बर १५ मा रहेका अव्यवस्थित…
काठमाडौँ, ५ मंसिर । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी…
नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ… 




