एमालेको उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड, उप-प्रमुखमा प्रसाईं

-



     सफल आवाज    
     पौष २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ पुस । एमालेको उद्योग विभाग प्रमुखमा व्यवसायी मोतीलाल दुगडलाई जिम्मेवारी दिएको छ भने उपप्रमुखमा अर्का व्यवसायी दुर्गा प्रसाईं जिम्मेवारी दिइएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले दुगड र प्रसाईंलाई जिम्मेवारी दिएको हो । दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए । त्योभन्दा अघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसमेत भएका थिए ।

त्यस्तै विभागको उपप्रमुखमा मेडिकल कलेज सञ्चालक (व्यवसायी) प्रसाईं माओवादी केन्द्रबाट आएका हुन् । उनलाई ओलीले एमाले केन्द्रीय सदस्यमा पनि मनोनित गरेपछि विभागको उपप्रमुखको जिम्मेवारी दिएको हो ।