आइतबार सार्वजनिक बिदा हुने

-



     सफल आवाज    
     पौष २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ पाैष । सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उद्यौली पर्व, योमरी पुन्हीका अवसरमा सरकारले सम्बन्धित समुदायलाई मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेकाे बिज्ञप्ती अनुसार काठमाडौं उपत्यकाको हकमा सम्पुर्णलाई सार्वजनिक बिदा दिइनेछ ।

‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको गृहकाे विज्ञप्तिमा भनिएको छ।