कांग्रेस सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

-



     सफल आवाज    
     पौष २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ पुस । नेपाली कांग्रेसको सहमहामन्त्रीमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेखर प्यानलका तेजुलाल चौधरीलाई पराजित गर्दै देउवा प्यानलका उमाकान्त निर्वाचित भएका हुन् ।

समितिका अनुसार कुल चार हजार ६८७ मत खसेकोमा उमाकान्त चौधरीले २६७८ पाए भने तेजुलाल चौधरीले १८३७ मत पाए ।