मुलुकभर न्यून चापीय प्रणालीको आंशिक प्रभाव, आज हिमाली भू-भागमा हिमपातको सम्भावना

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित


फाइल तस्बिर


काठमाडौं, ६ पुस । अहिले मुलुकमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । आज मंगलबार पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

त्यस्तै बुधबार पनि पहाडी भेगमा आंशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

बिहीबारको मौसम देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने देखिएको छ । महाशाखाका अनुसार पहाडी बाहेकका भू-भागमा सामान्यतया मौसम सफा रहनेछ ।