टीभीएसको नयाँ शोरुम कैलालीको अत्तरियामा

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ पुस । जगदम्बा मोटर्स प्रालिले कैलालीको अत्तरियामा एक्स्क्ल्यूजिव थ्रीएस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

नयाँ शोरुममा टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । बागेश्वोरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले अत्तरियामा नयाँ शोरुम सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कम्पनीले नयाँ शोरुमबाट युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर पनि सार्वजनिक गरेको छ । ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक कार्यक्रममा सप्तरंगका गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारी, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल लगायतको उपस्थितिमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।