डा. न्यौपानेलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ पुस । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती भएका डा. अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उनलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सेनाले उपरथी डा. न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी दिएको छ ।