प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ पुस । संघीय संसदको बैठक अघि आज बुधबार पनि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

सभामुखको आह्वानमा बैठक डाकिएको हो । बैठक संघीय संसद भवन नयाँवानेश्वरस्थित शंकर हलमा बस्ने छ । प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ गते कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो ।

सभामुखको अध्यक्षतामा, कानुनमन्त्री, दलका मुख्य÷प्रमुख सचेतकहरु, सचेतकहरु, दलका प्रतिनिधिहरु, सभामुखद्वारा आमन्त्रीत सदस्यहरु र संसद सचिवालयका महासचिव, प्रतिनिधि सभाका सचिव लगायत सहभागी हुने बैठकमा कार्यसूचिलाई अन्तिम रुप दिने, आगामी बैठकको मिति तय गर्ने लगायतका विषयमा छलफल हुने गर्छ । प्रतिनिधि सभाको बैठक १ बजे बस्दैछ ।