नाडाले गर्याे पदाधिकारी चयन, यस्तो छ नयाँ टिम

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ पाैष । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्यसमितिका पदाधिकारीहरू बुधबार चयन भएका छन । नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुनिल रिजाल र निराकर श्रेष्ठ तथा संस्थागत उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् ।  सचिवमा बिक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन् ।

उपाध्यक्षको निर्वाचनमा रिजाल र निराकर श्रेष्ठले बराबर मत ल्याएपछि नाडा कार्यसमितिमा एक -एक वर्ष कार्यकाल बाड्ने सहमति भएको छ । पहिलो वर्ष रिजाल र दोस्रो वर्ष श्रेष्ठले उपाध्यक्षमा बस्ने सहमति भएको अध्यक्ष थापाले बताएका छन ।

सदस्यहरूमा आकाश गोल्छा, प्रकाश कपुरी, अभिक ज्योति ,अनुपकुमार बराल,कपिल शिवाकोटी, निलमणी पाठक, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, बरदान बस्नेत र गोपाल भट्टराई रहेका छन ।

सस्थागत सदस्यमा प्रदेश २ जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका तेजनारायण साह, प्रदेश ३ हेटौडा अटोमोवाइल्स एशोसिएशन का सुदेशकुमार श्रेष्ठ, प्रदेश ५ लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका गणेश भट्टराई, प्रदेश ६ कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालका भद्र भण्डारी र प्रदेश ७ सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका पुष्कर ओझा चयन भएका छन ।

अध्यक्ष थापाले जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल, हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा र स्याकार ट्रेडिङका सोहनलाल श्रेष्ठलाई सदस्यमा मनोनित गरेका छन। आमन्त्रित सदस्यमा निशान ढकाल र अमृत जोशी छन ।

नाडाका अध्यक्ष ध्रुव थापा

linkedin sharing button
email sharing button