माओवादी महाधिवेशनमा देव गुरुङले पेश गरे विधान मस्यौदा

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेता गुरुङले विधान मस्यौदा पेश गरेका हुन् ।

माओवादी नेताहरुका अनुसार महाधिवेशन प्रतिनिधिहरुको समूह विभाजन गरेर अध्यक्ष प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल हुनेछ ।