आजबाट माओवादीको बन्दसत्रमा समूहगत छलफल हुने

-



     सफल आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा आजबाट समूहगत छलफल हुने भएको छ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ भने राजनीतिक र विधान मस्यौदा प्रस्तावमा छलफल हुनेछ ।

माओवादी प्रतिनिधिहरुको टोलीलाई प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसहरुमा राखिएको छलफलका लागि राखिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए ।

प्रवक्ता महराका अनुसार आज समूहमा छलफल गरेर भोलिबाट टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सोमबार बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।