विर्तामोडमा स्कोडाको नयाँ शोरुम सञ्चालन

-


     सफल आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित


काठमाडौं, १३ पुस । विर्तामोडमा स्कोडाको नयाँ शोरुम सञ्चालनमा ल्याइएको छ । नेपालका लागि युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले विर्तामोडमा नयाँ स्टेट-अफ-द-आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) शोरुम सञ्चालनमा ल्याएको हो ।

स्कोडाको नयाँ सोरुमको उद्घाटन विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु स्कोडाका निर्देशक अग्रवालले ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न विर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको बताए । उनले भने, ‘विर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याउन पाउँदा एकदमै खुसी लागेको छ । यहाँ शोरुम स्थापना भएसँगै कम्पनीको उपस्थिति झनै बलियो भएको महशुससमेत गरेका छौं ।’

स्कोडाको पोखरा, नारायणघाट, विराटनगर, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा यसअघि नै शोरुमहरु सञ्चालनमा आएका हुन् ।