एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

-



     सफल आवाज    
     पौष १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ पुस । काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।

सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी महिलालाई होटलमा लिएर सामुहिक बलात्कार गरेको आरोपमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् ।

काठमाडौं प्रहरी परिसर टेकुका अनुसार ७ जनालाई मंगलबार साँझसम्ममा पक्राउ गरिएको र अर्का एक जना बुधबार बिहान पक्राउ गरेको हो । घटनाबार प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।