टीभीएसको नयाँ मोटरसाइकल ‘टीभीएस राइडर’ पाेखरामा सार्वजनिक

-


     सफल आवाज    
     पौष १४ गते २०७८ मा प्रकाशित


काठमाडौं, ११ पुस । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, पोखरास्थित आफ्नो एक्स्क्लयूसिभ शोरुमबाट यूवा लक्षित १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा सप्तरंग तीन चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।

युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनीमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फर्स्ट-ईन-क्लास फिचर्सका साथै फर्स्ट-ईन-सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।