खुल्यो बिहानैदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

-



     सफल आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ पुस । खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । करिब तीन घण्टासम्म विदेशबाट आएका जहानहरु होल्ड भएपछि भारत र बंगलादेशमा डाइभर्टसमेत गरिएको थियो ।

दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ । बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो ।