गायिका सम्झना पाण्डेको नयाँ गीत ‘नाचम नाचम’ सार्वजनिक

-


     सफल आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित


काठमाडौं, १६ पुस । गायिका सम्झना पाण्डेको नयाँ गीत ‘नाचम नाचम’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक समारोहका बीच हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पाण्डेको गीत भिडियो सार्वजनिक गरेका हुन् ।

डान्सिङ्ग नम्बरको रुपमा आएको गीतमा सम्झनालाई राजनराज शिवाकोटीले स्वरमा साथ दिएकी छन् । गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीकै छ । राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा गम्भीर बिस्ट, सम्झना पाण्डे, राहुल शाह, साइलेश विष्ट र कविता न्यौपानेको अभिनय छ ।

गीत भिडियोमा हरि हुमागाईंको छायांकन, सुप्रिम पराजुलीको सम्पादन गीतमा छ ।