पाल्पा बस दुर्घटना : मृतक ६ जनाको सनाखत

-



     सफल आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ पुस । पाल्पामा भएको मलामी सवार बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाको सनाखत भएको छ । त्यस्तै दुर्घटनामा घाइते भएका १६ जनाको पनि नाम पनि खुलेको प्रहरीले जनाएको छ ।

७० वर्षीय वीरबहादुर विश्वकर्माको दाहसंस्कारका लागि गएको बस दुर्घटनामा उनका छोरासहित ८ जनाको ज्यान गएको हो । पाल्पा प्रहरीका अनुसार ज्यान गुमाउनेमा अर्घाखाँची मालारानी गाउँपालिका–२ बस्ने २५ वर्षीय शंकर विक, सोही ठाउँ बस्ने वर्ष ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक, रुपन्देही बुटवल उपमहानगरपालिका–१९ बस्ने ३२ वर्षीय विजय थापा क्षेत्री, बुटवल उपमहानगरपालिका–१७ बस्ने ३० वर्षीय पशुपति रसाइली र सोही ठाउँका ४० वर्षीय खुमबहादुर रानाको सनाखत भएको छ । अन्य मृतकको सनाखत भएको छैन ।

दुर्घटनामा बुटवल उपमहानगरपालिका–१७ का विशाल, रुपन्देही सैनामैना–६ का मिरा रामदाम, श्यामबहादुर बिक, बुटवल उपमहानगर–१७ का धनबहादुर सुनार, अर्घाखाँची पाणीनि गाउँपालिका–१ का गोपाल नेपाली घाइते भएका छन् । त्यस्तै अर्घाखाँची छत्रदेव गाउँपालिका–३ का लालबहादुर विक, अर्घाखाँची मालारानी गाउँपालिका–२ का रमेश टोहटो, रुपन्देही तिलोत्तमा नगरपालिका–१४ बस्ने ४५ वर्षीय दिलमाया सुनार र सोही ठाउँ बस्ने ४५ वर्षीय तारा सुनार पनि घाइते भएका छन् । उनीहरुको पाल्पा लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भइरहेको छ ।

यस्तै अर्घाखाँची मालारानी गाउँपालिका २ बस्ने ३९ वर्षीय तुल्सीराम विक, सोही ठाउँ बस्ने वर्ष २२ वर्षीय दिपक विक, बुटवल उपमहानगरपालिका १२ बस्ने ४८ वर्षीय माधव प्रसाद वस्याल, बसधनी अर्घाखाँची मालारानी गाउँपालिका २ का अर्जुन रसाइली पनि घाइते भएका छन् । सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण टोहटो र २७ वर्षीय विष्णु विक पनि घाइते भएका छन् । उनीहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भैरहेको छ । आज बिहान साढे १० बजे पाल्पा रिब्दिकोट गाउँपालिका २ लघुवास्थित तानसेन–रिडी सडक खण्डमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको थियो ।