
धादिङ, १९ पुष । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम १४ जिल्लामा लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियान अन्तरगत अाइतबार धादिङको निलकन्ठ नगरपालिका ९ को हटिया गाउँलाई लायन्स नमुना उद्यमी गाउँका रुपमा शुभारम्भ गरिएको छ । निलकन्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुगांनाको प्रमुख आतिथ्यतामा उक्त हटिया गाँउलाई लायन्स उद्यमी नमुना गाँउ घोषणा गर्दै सुभारम्भ गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी निलकन्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुगांनाले सामाजिक संस्था लायन्सले गरेकाे सेवा कार्यहरुको प्रसंसा गर्दै याे गाँउलाइ नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । हटिया गाउँ छनौट गरेकोमा समेत लायन्स डिष्ट्रिक्ट ३२५ वि १ लाई धन्यबाद दिदैं यसमा नगरपालिकाले समेत सहकार्य गर्ने प्रतिबद्दता जनाएका थिए ।
डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आर्चायले लायन्सले हरेक वर्ष बिभिन्न कार्यक्रमहरु गरिरहेको र यो बर्ष दीगो किसिमको कार्यक्रम गर्ने उदेश्यले १४ जिल्लाको १४ गाउँमा नमुना उद्यमी गाउँ बनाउने योजना अनुरुप याे हटिया गाउँमा यो कार्यक्रम ल्याएको बताए । लायन्सले गर्ने नियमित सेवाका कार्यसंगै नमुना उद्यमी गाउँ बनाउने अभियानमा सहकार्य गर्न गभर्नर आर्चायले सबैलाई आग्रह समेत गरेका थिए ।
डिष्ट्रिक्ट ३२५ ए २ का गभर्नर लायन केशव पाण्डेले डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर लायन विश्वेश्वर आर्चायले ल्याएकाे याे बर्षकाे प्रमुख कार्यक्रम माेडल भिलेज बनाउने अभियान अत्यन्त उपयाेगी रहेकाे बताए ।


लायन्स मोडेल भिलेज धादिङका प्रमुख तथा कार्यक्रम संयोजक लायन राजेन्द्र प्रसाद सुबेदीले हटिया गाउँमा यो बर्ष लायन्सका कार्यक्रम केन्द्रित गरी स्थानिय जनतालाई बिभिन्न किसिमका तालिम, शिप सिकाउदैं कृषी, पशुपालन र हाेम स्टेबाट गाउँलेको आयआर्जन बढाउने अभियानमा लायन्स लाग्ने बताए ।
धादिङ लायन्स उद्यमी गाउँ उद्घाटन कार्यक्रमका अवसरमा डिष्ट्रिक्ट तथा विभिन्न क्लबबाट प्राप्त करिब ८ लाख बराबारको सामाग्री पनि गाउँलेलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा ४९ परिवारलाइ बाख्रा, माहुरी सहितकाे ४९ थान घार, सिलाई मेशिन २ थान, थ्रेसर मेशिन १ थान, हाते ट्याक्टर २ थान, स्टेचर २ थान, खेलकुद सामाग्री, स्टेशनरी सहितकाे सामाग्रीहरु हस्तान्तरण गरिएको डिष्ट्रिक्ट ३२५ वि १ नेपालका क्याबिनेट सेक्रेटरी लायन दुर्गाप्रसाद हुमागाईले बताएका छन ।













नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




