रियलमीद्वारा ‘सी २५ वाई स्मार्टफोन’ सार्वजनिक

-


     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित


काठमाडौं, १९ पुस । स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई त्रिपल क्यामेरा सिस्टम सहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ । इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी२५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच् मेगा ब्याट्री, इन्स्टान्ट फीङ्गरप्रिन्ट सेन्सर भएको शक्तिशाली Unisoc T610 प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ ।

रियलमी सी२५ वाई मा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रोे लेन्स र बी एण्ड डब्ल्यू लेन्स रहेको छ । रियलमी सी सिरीजमा ५० एमपी मोड रहेको पहिलो स्मार्टफोन ले सुन्दर फोटो खिच्छ र प्रयोगकर्ताहरुलाई ८१६०८*६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ ।

यसका साथै, क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्यूटी मोड फङ्सन, एच्.डी. आर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्दछ । यसैगरी, रियलमी सी२५ वाईमा आकर्षक र चित्तबुझ्दो सेल्फी खिच्न ए–ब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि रहेको छ ।

रियलमीको आफ्नो व्याट्री लाइफमा रहेको विशेषतालाई अझ सुदृढ भएको छ । जसमा रियलमी सी२५ वाई मा भएको ५००० एमएएच् ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्न सक्छ । सुपरपावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैं पावर्ड र कनेक्टेड रहन सक्नुहुनेछ ।

यसबाहेक, रियलमी सी२५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रिन ब्याट्री अप्टिमाइजेसन र प्रयोगकर्ता सुतिरहेको बेला फोनलाई लोअर मोडमा चलाउन निर्देशन दिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसन को सुविधा पनि उपलब्ध गराउँछ ।

शक्तिशाली Unisoc T610 प्रोसेसर

रियलमी सी२५ वाई लाई अक्टा–कोर 12nm Unisoc T610 प्रोसेसरले सञ्चालन गर्छ जुन २.० गेगाहर्ज सम्म चल्दछ । साथै, २.० गेगाहर्ज सम्म चल्ने two Arm Cortex-A75 र six Arm Cortex-A55 समावेश छ । ८५० मेगाहर्ज गति भएको ARM Mali G52 GPU ले ग्राफिक्सलाई ह्यान्डल गर्छ । यस खण्डका प्रतिस्पर्धी उत्पादनहरुको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने Unisoc T610 प्रोसेसरले सहज गेमिङको अनुभव दिलाउँछ ।

झनै नयाँ रियलमी मा दुईवटा नानो–सिम कार्डहरु राख्न मिल्छ र २५६ जीबी सम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड सलट पनि उपलब्ध गराएको छ । यसले थप स्पेस उपलब्ध गराउँदछ र गेम, फोटो र फाइलहरु स्टोर गराउने सुविधा पनि प्रदान गर्दछ ।

अल्ट्रा–फास्ट फिंगरप्रिन्ट अनलकिङ भएको ६.५ को ठूलो डिस्प्ले

स्क्रीन टु बडी दर ८८.७ प्रतिशतसम्म पुग्न रियलमी सी२५ वाई को १६.५ सेमी ६.५ इन्च डिस्प्ले रियलमीको क्लासिक मिनी–ड्रप डिजाइन फूलस्कृन नै हो जसले प्रयोगकर्ताहरुलाई इर्मसिभ वाचिङको अनुभव प्रदान गर्दछ ।

अल्ट्रा–फास्ट फिंगरप्रिन्ट अनलकिंग र फेसियल रिकगनिसन रसहित आउने नयाँ रियलमीले प्रयोगकर्ताहरुको गोपनियता र सुविधाको संरक्षण गर्दछ ।