चर्चित गायक बज्राचार्यको “पारि पाखा” गीत सार्वजनिक(भिडियो)

-


     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित


काठमाडौं, १९ पुस । पोखराका चर्चित गायक आनन्द राज बज्राचार्यको “पारि पाखा” बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक बज्राचार्यसंगै गायनमा गायिका विमला शाक्यकाे साथ रहेकाे छ । नेत्र इन्टरटेनमेन्ट प्रा.लि.ले सार्वजनिक गरेको गीतको रचना देव गुरुङले गरेका हुन भने संगीत पनि उनकै रहेको छ ।

नेत्र गुरुङको निर्देशनमा बनेको गीतको भिडियोमा राजु ग्याबक तथा सुलोचना शाक्यको फिचरिङ रहेको छ । भिडियोमा सविना थापामगरको मेकअप रहेको छ भने छायाँकन मीलन शंकर र दीपेश केसीले गरेका हुन ।

भिडियो सम्पादन तथा निर्देशन नेत्र गुरुङले गरेका छन् । यसको पव्लिसिटि डिजाईनमा सविन गायक रहेका छन् । गीत पल्स रेकर्डिङ स्टूडियो पोखरामा रेकर्ड गरिएको हो । सो गीतलाई दीपक लामाले रेकर्ड गरेका हुन् भने मिक्सिङ तथा मास्टरीङ बुद्धराज बज्राचार्यको रहेको छ ।

यसबैबीच गायक आनन्द राज बज्राचार्यले गीत संगीतको मोहलाई छोड्न नसकिने भएकोले यसलाई पक्ष-पक्षमा समय सापेक्ष प्रविधिमैत्री बन्दै यूट्युवबाट सार्वजनिक गरिएको सफल आवाजलाई बताए ।

साहित्य, कला, संगीत, प्रकृति र सांस्कृतिक विविधता भएको ठाउँ हो । उनले भने, हामी यस क्षेत्रमा लागेहरुले आफ्नोतर्फबाट सृजनालाई तपाँईहरुमाझ ल्याएका छौं आशा छ बिगतको झैं माया यसपालि पनि गर्नुनै हुनेछ ।

भिडियाे हेर्नका लागि तलकाे फोटोमा क्लीक गर्नुहोला ।