पुरन प्रधानको म्युजिक भिडियो ‘गोरो मुहार’ सार्वजनिक

-


     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित


काठमाडाैं, १९ पुष । पुरन प्रधानको नयाँ गीत तथा म्युजिक भिडियो ‘गोरो मुहार’ सार्वजनिक भएकाे छ । हाइलाइट नेपालको यु–ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो १ घण्टैमा ५ हजार भन्दा बढी दर्शकले हेरेका छन् ।

नेपाली चलचित्रका चर्चित कलाकार सुनिल क्षेत्री, उषा उप्रेती र अपेक्षा बजगाईं अभिनित यस म्युजिक भिडियोमा स्वर पुरन प्रधानको रहेको छ । अस्ट्रेलियामा रहेर पनि नेपाली कला साहित्य क्षेत्रमा केही गर्ने उद्देश्यले गीत तथा म्युजिक भिडियो निर्माण गरेको पुरन प्रधानले बताए । सो गीतमा शब्द विनय दवाडी, संगीत संयोजन रोमी बस्नेतले गरेका हुन भने म्युजिक भिडियोको निर्देशन अनुप चापागाईंले गरेका छन् ।

लिकं : https://youtu.be/1dPaBDgDks8