बिमक संघको अध्यक्षमा शिखर इन्स्योरेन्सका सीईओ क्षेत्री निर्वाचित

-



     सफल आवाज    
     पौष २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ पुस । नेपाल बिमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित भएका छन् । निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन बिमक संघको निर्वाचनमा क्षेत्री निर्वाचित भएका हुन् ।

शुक्रबार भएको अधिवेशनबाट शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री चयन भएका छन् भने महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का चयन भएका छन् ।

कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सदस्यहरुमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित ब्रजाचार्य, राष्ट्रिय बिमा कम्पनीका कामु सीईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद बालचन्द्र घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।