नेपाल प्रहरीका ३४ जना एसपीको सरुवा [सूचीसहित]

-



     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ पुस । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक [एसपी] हरुको सरुवा भएको छ ।

आइतबार आइजीपी शैलेश थापा क्षेत्रीले एसपीहरूको सरुवा गरेका हुन् । सरुवा गरिएकामध्ये विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, काभ्रेमा चक्रराज जोशी, पाल्पाको इन्चार्जमा जनकबहादुर शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ ।

कञ्चनपुरका उमाप्रसाद चतुरबेदीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्सालमा सरुवा गरिएको छ भने कञ्चनपुरमा श्यामसिंह चौधरीलाई खटाइएको छ ।