मेडिकल शुल्कबारे गृह मन्त्रीको ध्यानाकर्षण

-


     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ पुस । गृहमन्त्री बालकृष्ण खाँणले विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कका सम्बन्धमा गराएको ध्यानाकर्षणलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

सात विद्यार्थी संगठनले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खाँणले यस सम्बन्धमा परामर्श गरेर अघि बढ्ने आश्वासन दिएका छन् । ध्यानाकर्षणपत्र बुझाउनेमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौँलगायत विद्यार्थी संगठन थिए । मन्त्री खाँणले शिक्षा मन्त्रालयमार्फत यो विषय आएमा आफूलाई सहज हुने र शिक्षा मन्त्रीलाई पनि ध्यानाकर्षण गराउन आग्रह गरेका थिए ।

विद्यार्थी संगठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएर ज्याजति गरेको भन्दै छानबिन गरी दोषी भेटिए कारबाही गर्न माग गरेका छन् ।