फक्सवागनको टप-क्लास फ्ल्यागसिपको नयाँ मोडल ‘ट्वारेग-आर’ बजारमा

-



     सफल आवाज    
     माघ २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ माघ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ‘ट्वारेग–आर’ नेपाल भित्र्याएको छ । पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ ।

क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ । नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी ६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ ।

फोक्सवागन ट्वारेगलाई पोर्श र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्डहरू समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो । डिजाइनर “फ्राङ्क ब्रुज“ ले नयाँ ट्वारेग–आरको डिजाइन गरेका छन् जसले औदी क्यु–७, पोर्श कयेन, बेन्त्ली बेन्ताइघा र ल्याम्बोर्गिनी युरुस बाट समान प्लेटफर्म र धेरै प्रविधिहरू साझा गर्दछ ।

ट्वारेग–आर एउटा ठूलो आकारको फन–टु–ड्राइभ लक्जरी एस्युभी हो । जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभा प्लान्टमा उत्पादन गरेको हो । नेपालमा सन् २०१० मा आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेकोे फक्सवागन ट्वारेग समाजको उच्च वर्गले रुचाएको फक्सवागन मोडल हो । २०१० मा बिक्री वितरण भएदेखि नै, ट्वारेग–आर एस्युभी सेग्मेन्तमा नयाँ बेन्चमार्क स्थापित गदै आएको छ ।

ट्वारेगले ‘सर्वश्रेष्ठ लक्जरी एस्युभी,’ स्पोर्त्स युतिलिती ओफ द यएर, ‘फोर व्हीलर ओफ द एअर, र फोर व्हील ड्राइभ ओफ द यएर’ जस्ता अन्तर्राष्ट्रिय स्तरमा बिभिन्न अवार्डहरु जित्दै आएको छ । वारेगको अपग्रेड गरिएको परिरूप, नयाँ ट्वारेग–आर लाइन, फक्सवागनको लामो इतिहासमा उत्पादन गरिएको सबैभन्दा शक्तिशाली कार हो । जस्ले आफ्नो छाप बनाउन र आफ्नो पूर्ववर्ती जस्तै विरासत दोहो¥याउन नेपाली बजारमा आएको छ ।

नयाँ ट्वारेग–आरमा आठ स्पीड अटोमेटिक गियरबक्स, २० इन्चको एलोय ह्वील, ट्र्याक्सन कन्ट्रोल र फोर ह्वील ड्राइभ रहेको छ जस्ले अत्यन्तै प्रतिकुल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभव प्राप्ती दिन्छ । नयाँ ट्वारेग–आरमा एआर जेस्चरसहितको १५ इन्चको इन्फोटेनमेन्ट प्रणाली, १२ इन्चको क्लस्टर प्यानल, हीटेद सिट, फ्रन्ट मसाज सिट, अटो होल्ड कन्ट्रोल, फुल पानारोमिक सनरुफ, रियर एलईडी टेल लाइट, हिल डिसेन्ट असिस्ट, हेड अप डिस्प्ले, टायर प्रेसर मोनिटरिङ, डायनाडियो कन्सीकुएन्स को १४ स्पिकरहरू+ ४ सबवुफरहरू जस्ता विभिन्न प्रकारका आधुनिक सुविधाहरू छन् ।