नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु

-



     सफल आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ माघ । नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु भएको छ । भारतमा उत्पादन गरिएको हिरो इलेक्ट्रिक स्कुटरलाई नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी ई मोबिलिटि प्रालिले बिक्रीको सुरुआत गरेको हो ।

कम्पनीले काठमाडौं टेकुमा रहेको सोरुमबाट सो स्कुटरको बिक्री आरम्भ गरेको हो । सरकारले पनि इलेक्ट्रिक गाडीहरुलाई वढावा दिईएको बेलामा ब्यवसायीले वातावरण अनुकुलन हुने खालमा सवारी साधनको आयातमा चासो देखाईरहेका छन्। सोहि सोंचअनुसार स्कुटरको बिक्रीलाई प्रश्रय दिईएको लक्ष्मी गुपको भगिनी संस्था लक्ष्मी ई मोबिलिटि प्रालिले जनाएको छ ।

कम्पनीले नेपालका लागि चारवटा मोडलका इलेक्ट्रिक स्कुटर भित्राएको हो । एनवाईएक्स, फोटोन र सिंगल ब्याट्री, डबल ब्याट्री सहितको अप्टिमा रहेका छन् ।

कम्पनीका अनुसार एक पटक ब्याट्री चार्ज गरेपछि १६५ किलोमिटर सम्मको यात्रा गर्न सकिने छ ।