
काठमाडौं, १४ माघ । नेपालमा सेगवे–नाइनबोट कम्पनीले स्मार्ट बिजुली स्कुटर ई १०० सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक डिजाइन, नयाँ शैली र मौलिक विद्युतीय स्कुटर सेगवे ई-१०० नेपालमा सार्वजनिक गरेको हो ।
सेगवे नाइनबोटको लागि नेपालमा आईहव प्रालि आधिकारिक आयातकर्ता एवम् वितरक कम्पनी बनेको छ । आइहब प्रालिका निर्देशक तथा सञ्चालक लोकेश ओलीका अनुसार नेपालमा सेगवेलाई विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवर्द्धन गर्ने उद्देश्यले स्कुटर सार्वजनिक गरिएको हो ।
सेगवेले नेपाली बजारमा ई-१०० माघको तेस्रो हप्तादेखि उत्पादक वारेन्टीका साथ उपलब्ध गराउँदैछ । आइहब प्रालिले भविष्यमा योबाहेक सेगवे विद्युतीय स्कुटरका अन्य मोडलहरू समेत सार्वजनिक गर्ने जनाएको छ ।
उत्कृष्ट सुरक्षा सुविधाहरूका साथ आउने सेगवे ई-१०० चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म यो चल्दैन । सेगवे ई-१००मा किलेस सिस्टम छ । यसमा साँचोबाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरू छन् । एउटाले स्कुटरलाई अन-अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




