आयो नेपाली बजारमा हुन्डाईको इलेक्ट्रिक आयोनिक फाईभ, कस्ता छन् विशेषता ?

-



     सफल आवाज    
     माघ २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ माघ । लक्ष्मी ग्रुप अन्तर्गत लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईको नयाँ इलेक्ट्रिक गाडी नेपालमा भित्राएको छ । नेपाल सरकारले पनि इलेक्ट्रिक गाडीहरुको प्रयोगमा प्रोत्साहन गरिरहेको अवस्थामा विभिन्न कम्पनीहरुले दुई तथा चार पाङ्ग्रे ईलेक्ट्रिक गाडीहरु भित्राईरहेका छन् ।

नेपालमा ल्याईएको सो गाडी आयोनिक फाईभ हो । यसअघि कम्पनीले हुन्डाई कोना इलेक्ट्रिक गाडी ल्याएको थियो । तत्काल सार्वजनिक नगरेको भएपनि छिट्टै गाडीलाई नेपाली बजारमा सार्वजनिक गरिने भएको छ ।

हुन्डाईको यस गाडी ग्लोबल मोडुलर प्लेटफर्म ब्याट्री इलेक्ट्रिक भेइकल प्लेटफर्ममा निर्माण गरिएको पहिलो गाडी हाे जस्ले सन् २०२१ को टप गियर इलेक्ट्रिक अवार्ड पनि जितिसकेको छ ।

हुन्डाई आयोनिक फाईभका विषेशताहरुमा बोल्ड डिजाईन तथा यसमा भएको सिस्टम हो । यो गाडीको राम्रो पर्फमेन्स छ । दक्षता र आरामदायी र उच्च प्रविधियुक्त रहेको छ ।

यसमा रियर ह्वील ड्राइभ, सोलार एण्ड भिजन रुफ, भिटुएल फिचर रहेको छ । यस्तै रेन सेन्सर वाइपर, ब्लाइन्ड स्पट भ्यू मोनिटर र भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोललगायतका विशेषता रहेका छन् । यिनै गुणहरुको कारण आयोनिक फाइभ गाडी महत्वपूर्ण मानिएकाे छ ।

आयोनिकलाई एकपटक चार्ज गरेपछि ३११ किलोमिटर यात्रा पूरा गर्नसक्छ । छिट्टै सार्वजनिक गर्ने तयारी गरीएको गाडीको नेपाली बजारमूल्यका बारेमा भनिएको छैन । नेपालमा बजार मूल्य ८५ लाखदेखि ९० लाखसम्म पर्नसक्ने आंकलन गरिएको छ । नेपालमा यतिबेला एमडी, हुन्डाई, टाटा, बिवाईडी र निसान कम्पनीका इलेक्ट्रिक गाडी प्रचलित छन् ।