
काठमाडौं, ६ फागुन । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले अटो मोबाइल्स क्षेत्रलाई पेल्ने नीति आफुहरुलाई स्वीकार्य नभएको बताएका छन् । थापाले शुक्रबार न्यूज एजेन्सि नेपालसंगको कुराकानीमा मौद्रिक नीतिमार्फत अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर पेल्ने नीति स्वीकार गर्न नसकिने बताएका हुन ।
थापाले मौद्रीक नीतिको बारेमा आफ्नो धारणा व्यक्त गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षाको बारेमा असन्तुष्टि जनाउँदै यसले व्यवसायलाई अनुत्पादक क्षेत्रमा राखेकोले पेल्ने नीतिनै हो नाडाले स्वीकार गर्न सक्दैन, उनले भने ।
थापाले अटो मोबाइल्स क्षेत्रको नाम नतोके पनि सरकारले कडाई गर्न लागेको जिकिर गरेका छन् । उनले मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षामा नाडाका मागहरुको बारेमा कुनै खालको सम्बोधन नभएको बताएका छन् । उनले भने, माग संबोधन गर्नु त परै जावस् उल्टै कर्जाको ब्याज बढ्ने गरी मौद्रिक नीतिको समिक्षा गरिएको छ ।
नाडा अध्यक्ष थापाले अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रबाट हटाएर उतपादक क्षेत्रमा राख्नका लागि बारम्बार माग गरेको भएपनि सरकारले त्यसको सुनुवाई नगरेको बताए । उनले यदि सरकारले यस क्षेत्रलाई अनुत्पादक नै भन्ने हो र उत्पादकमूलक क्षेत्रमा नराख्ने हो भने मुलुकको अथतन्त्रमा नकारात्मक असर पुग्ने बताए ।फोटो :न्यूज एजेन्सि नेपाल








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




