
पाेखरा, ८ फागुन । पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनाएकाे छ । दिउँसो साढे १ बजेदेखि असिना पानि सुरू गरेकाेमा याे क्रम अपरान्ह साढे ३ बजे पातलिएकाे थियाे । सवारी जामकाे कारण झमक्क साँझसम्म स्कुल बस बाटाेमै थिए भने विद्यार्थीहरू चीसाेले कठ्याङ्ग्रीएका देखिन्थे ।
मुख्यतः पाेखराकाे कन्यामार्ग नदीपुरदेखि पूर्व फूलबारी, काहुँ, महेन्द्रपुल, न्यूराेड, चिप्लेढुंगा, नयाँबजार, सिर्जनाचाेक, रानीपाैवा, कुँडहर, चाउथे लगायतका क्षेत्रका सडक, घरका छत र खेतबारी सेताम्य भएका थिए ।
असिनाले जस्ता पाता लगाएका घर तथा केहि मेटल उद्याेग, तारा खेलकाे ट्रष्ट र तरकारीका टनेल ध्वस्त पारेकाे छ । पाेखरा फूलबारी र नारायणस्थान जाेड्ने पुलकाे पूर्वपट्टि अवस्थित रवि गाैचनकाे मेटल उद्याेगकाे ट्रष्टकाे संरचना भत्किएकाे छ । गाैचनले उद्याेगकाे छानामा बाक्लाे असिन जम्मा भएर ट्रष्ट ढलेकाे बताए । उनले यसबाट करिब २५ लाखकाे नाेक्सानी भएकाे बताए ।
साेहि स्थानकाे करीब ७० मिटरकाे दूरीमा उत्तरतिर बनेकाे तरा खेलका लागि बनाइएकाे ट्रष्ट र फूलबारी रहेकाे एक मेटल उद्याेगकाे छाना पनि भत्किएकाे छ । यी दुबैकाे गरी करिब ४० लाखेकाे क्षेती भएकाे छ ।
साँझ ७ बजिसक्दा पनि पाेखरा बजार क्षेत्रमा सवारी साधनहरू बाटैमा राेकिएका थिए । महेन्द्रपुलमा डाेजर लगाएर असिना हटाउनु परेकाे प्रहरीले बताएकाे छ । सवारी जामका कारण माग गरिएका स्थानमा डाेजर जान सकेनन् भने झमक्क साँझ पर्दासम्म विद्यालयका बसहरू र अन्यसवारी साधन बाटैमा देखिन्थे ।

असिना प्रभावित क्षेत्रका जनप्रतिनिधिले चार बजेनै सडककाे असिना हटाउन डाेजर बेलाए पनि बाटाे जामकाे कारण तीन घन्टा सम्म पुग्न सकेनन् । पाेखरा वडा नं ३ का अध्यक्षा रविन्द्र बहादुर प्रजुले भने ४ बजेदेखि डाेजर बाेलाइरहेकाे छु, साँझकाे ७ वज्न लाग्याे आएन । मैले बाेलाएकाे डाेजरलाइ बिचबाटाेबाटै जिप्रकातिर लगेछन् ।
असिनाले हिउँदे र बेमौसमी तरकारी तथा आलुमा नोक्सानी पुर्याएकाे छ । यसले कृषक मर्कामा परेकाे महानगर कृषि विकास महाशाखाले जनाएको छ । तर क्षतिकाे एकिन विवरण आएकाे छैन । महानगरका वडा नं १८, २०, १६, २५, २२, १४ लगायत कृषि उत्पादन बढी हुने क्षेत्रका कृषक असिनाबाट पीडित भएका छन् । महाशाखा प्रमुख मनहर कडरियाले चैतमा असिना पर्ने गरेपनि यसवर्ष फागुनमै परेर तरकारी बालीमा बढी क्षति गरेको बताए ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




